नयाँ दिन नयाँ उमंग लिएर आउला, यहि कल्पना गरेर
नयाँ संदेस लिएर आउला, यहि दिल भित्र भरेर
अघिल्लो दिन विदा गरिन्छ,
तर फेरि ! अकर्मन्यता र उट्पट्याङ्ग गतिविधिहरुको
उहि सिल्सिला दोहोरिएको दख्दा, मन निराशाले भरिन्छ।
सिल्सिला यस्तो कहिले सम्म रहने हो !
कर्तव्यहिनता र गन्तव्यहिनतालाई कहिले सम्म सहने हो !
उत्तर सहज छैन, तर पनि पाउन सके,
काम सहज छैन, तर पनि कारकहरुलाई दाउन सके,
सायद हामिले सोचेको अनि दुनियाले खोजेको,
नयाँ संदेस लिएर आउथ्यो कि !