जम्बो प्रतीनिधिसभा बनाउने भन्दैछन् रे
आ-आफ्ना मान्छे कसरि अटाउने गन्दैछन् रे !!
मान माथिको भुक्तमान कति खप्नु पर्ने हो
बोझ माथिको माहाबोझ याहाँ कति थप्नु पर्ने हो !!
केन्द्र प्रदेस स्थानिय तिनटा सरकार हुने भए
तिनका भरण-पोषण गर्दा गर्दै जनता सवै रुने भए !!
सुख: शान्ति समृद्धि आउने देखिएन छाँट-काँट
नयाँ नेपालमा त भुइफुट्टाहरुको हुने भयो ठाँट-बाँट !!
जम्बो प्रतीनिधिसभा बनाउने भन्दैछन् रे
आ-आफ्ना मान्छे कसरि अटाउने गन्दैछन् रे !!