निर्दोष नयन बाट
अंश्रुधारा बगे कति-कति बलिन्द्र झैं
न त त्यो हर्षाश्रु नै थियो
थियो त त्यो अथाह पीडाको संकेत,
जहाँ नेपाल आमाको ईज्जत लुटिन लागिएको थियो
जहाँ नेपाल आमालाई फाँसीमा चडाउन लागिएको थियो
क्रुर,अधम र अनार्य सन्तान बाट
कतै बम बनेर आमाका खुशीलाई ध्वस्त पारिए
कतै तरवार बनेर आमाका शिर ढालिए
आमा मृत्यु सैय्यामा छटपटाई रह्यो
र देशद्रोही निकम्मा सन्तानहरु
रमित हेरी रहे
भोज भतेर चलाई रहे
खुसि मानि रहे ।
धिक्कार छ आफ्नै आमालाई निरीह बनाउने सन्तानहरु हो
भ्रष्ट,आतंक र सोसक गरेर
बरिष्ठको नामले चिनिन खोज्ने
बोक्रे बरिष्ठ हौ तिमी ।
भुलेर तिम्रो नाम लिने छैनौ
र तिम्रो अपाच्य सपना साकार हुने छैन,
किन कि
तिम्रो बिरुद्द
गोलि भन्दा ताकतिला कलमहरु चल्दैछन
जसको मसी र शब्दले
तिमीहरु जस्ताको नाम र निशाना मेटाउने छ
होसियार !
कलमहरु द्रुत गतिमा चल्दैछन ।