कसले बनायो मन्दिर साथी
मस्जिद बनायो कसले
मानवताको दुश्मन हुन् ति
यसको जग बसायो जसले
जात पातको झन्झट ल्याई
देशलाई न टुक्र्याउँ
काँधमा काँध मिलाई हामी
नेपालको मान बढ़ाउँ
पहाड पनि तिम्रो नै हो
मधेश पनि हो मेरो
सबै मिलाई बन्छ सिंगो
नेपालको सेरो फेरो
डाँकाहरु नेपाल पसेछन्
संग संगै लुट्न न जाउ
एक बनि बस्नु छ हामि
दुष्टलाई बाहिर भगाउ
उँच निचको फरक देखाऊदै
कसले द्वेष बढायो
नेपाली ले नेपालीलाई नै
कुट्न काट्न सिखायो
मतदान गराई सबिधान बनाई
आउ सबै मिलि जाउँ
एक अर्कालाई मलम लगाई
निको पारौं मनको घाउ