न भुतको संझना छ, न चिन्ता छ भविष्यको
जाहाँ जे पायो डकार्छन्, कुरा गर्छन् हविष्यको
को हौँ भन्ने हेक्का छैन, कर्तव्यको त के कुरा
वर्तमानको कार्यभार, के गर्लान् यस्ताले पुरा !!
भाषणले मुलुक बन्ने, सपना जो देखाऊँछन्
विपनामा पुरा हुन्न, जनतालाई सेकाउँछन्
मातृभूमि चिथोरेर,... कुरुप यीनले पारिसके
कता जाने हो त्यै तिर, खुट्टा यीनले सारिसके !!
खुलामञ्चमा गर्दाछन्, मुलुक टुक्र्याउने भाषण
कति झेल्नु पर्ने हो, हामिले यो निर्लज्ज शासन
जनताका धोति टोपि, सव यीनले उडाई सके
हिजोका मागिखानेले, प्राडो पजेरो गुडाई सके !!
सपना देख्ने मरिसके, विगविगि छ वेच्नेको
साँच्चै आज खाँचो भो, मुलुक-जनता सेच्नेको
अव रोकियोस चलन, वेकाममै रासन पचाउने
जो आउनेहो छिटो आओस्, मुलुकलाई वचाउने !!