ओ ,ओबामा !
यतिखेर तिम्रो हातमा शेम्पेनको ग्लास हुनुपर्छ
ओठमा मुस्कान
ह्वाईट हाउस पनि दुलही झैं सिंगारिएको हुनुपर्छ
सबै अमेरिकीहरु
पागल झैं खुशी मनाईरहेको हुनुपर्छ ।
ओ, बिन लादेन !
यो तिम्रो दोश्रो मृत्युको खबर बारे केहि बोल न
के साँचै नै तिमीले मृत्यु पाएकै हो त
मलाइ त विश्वास लागिरहेको छैन
शरीरको अवसानमा के विचारको मृत्यु सम्भव छ ?
ओ, ओबामा !
ओ , लादेनको आत्मा !
के अब विश्व आतंकबाट मुक्त भो !
ओ, अमेरिका !
किन कि लादेनको मुहार भित्र
केवल तिम्रै मानचित्र देखिन्छ ।