पानी झै पो हो कि जीवन
बेरंग अनि बेस्वाद - !
पानी झै पो हो कि जीवन
चंचल अनि निस्वार्थ - !
कुवाँ बनि जमी दिन्छौ तिमी
प्यास सबैको मेटाउने बनि - !
ताल बनि बगी दिन्छौ तिमी
सुन्दरताको प्रति-मुर्ति बनि - !
खहरे बनि गर्जि दिन्छौ कहिले
बिद्रोही दुष्मन झै बनि - !
समुन्द्र बनि फैली दिन्छौ कहिले
शान्त अनि गम्भीर प्रेमी झै बनि - !
पानी झै पो हो कि जीवन
न स्वाद अनि न आकार
पानी झै पो हो कि जीवन
जुन रंग घोल्यो उही तयार
जन्मदा जन्म-घुटी तिमी
मर्दा गंगा जल तिमी - !
कहिले नशा-नशामा तिमी
कहिले परेली भित्र तिमी - !
पानी - - !
तिम्रो न रंग - ! न स्वाद - !
न माया - ! न बिस्वाश- !
तैपनि यति प्रिय किन तिमी - !
तैपनि जीवन संग किन गसिन्छौ तिमी - !!!