१
भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरुले जसरी
कि त्यस्तो उमेर चादर यो
तर म दुर्वल मानिस
मृत्यु नजिक आइरहेको छ
कहाँसम्म गरुँ सफासुग्घर
वालापनले भिजाइदियो
यौवनले मैल्याइदियो
अब कहिले रङ्गयाउने व्यक्ति आउने हो ?
चादर निस्काम कहाँनिर होस् ?
२
शासकीय सेवामा छु
चार दिनको विश्राम लिएँ
वोधि दिवसमा
शिरमा हिमालय जस्तो बोझ छ
बुद्धिको सहारा बुद्धाश्रम पुगेँ
प्याला पिएँ परमात्माको
भएर गयो शान्त
फर्कन भुलेँ
तर हिसाब गर्यो बुद्धिले
घरको के हुनेछ ?
परिवारको के हुनेछ ?
झट्टै हृदयले भन्यो
हराइदेऊ , गोटा लगाइदेऊ प्रियको सागरमा
यस प्रकार जिएको थिएँ
मनमा ठूलो द्वन्द्व थियो
बुद्ध मेरो साथमै भएर पनि
३
सागरको मोह भएपनि
यो डुबुल्की भएन
यो फेरि नयाँ संसार भयो
जब ममा डुबेँ
तर डुबुल्की ठीकसँग लागेजस्तो भयो
फेरि म जहाँ गएँ
ममै डुबिरहेँ
यदि कहिलेकाहीँ धुलो धुवाँ जम्यो भने
फेरि बुद्ध कहाँ जाँदै गरेँ
फेरि डुबुल्की लगाएँ
तर अब सागरको किनारमा बस्नु जरुरी भएन
घरद्वार छ
परिवार छ
बच्चाहरु छन्
यहाँ पनि परमात्मा छ
जत्ति त्यहाँ छ
मबाट तन !
तनबाट मन !!
मनबाट आत्मा !!!
आत्माबाट परमात्मा !!!!