अधुरो क्रान्ति पुरा गर्छौँ भन्नेहरुलाई
आज प्रश्न सोध्नै पर्ने भएकोछ
तिम्रो क्रान्ति कहिले पुरा हुन्छ भनेर !
सरकारमा बसेर पनि परिवर्तन पुरा नहुदाँ
काम गर्न सकिएन भन्नेहरुलाई
आज हरेकले सोध्नु पर्ने भएको छ
परिवर्तन पुरा भएपछि काहाँ बसेर काम गर्छौ भनेर !
र सवैलाई सोध्नु पर्ने भएको छ पौराणिक कालदेखि
आज सम्मका कुन क्रान्ति पुरा भएकाछन् भनेर !
गतिशिलताको निरन्तर्तामा परिवर्तन हुने हो भने
क्रान्ति सदा अधुरो नै हुन्छ
केवल आजलाई व्यबस्थापन गर्न सके
वर्तमानको कार्यभार पुरा भएको मान्नु पर्छ
भोलिको कार्यभार भोलिकै आवश्यकताले निर्धारण गर्ने छ
जो भविष्यको क्रान्तिले पुरा गर्ने छ !!!