रात भरी तिमी
मेरो सपनीमा
आइनै रह्यौ ।
म सित प्रीत
लाई नै रह्यौ ।
हामीले हाम्रो मायाका
तिता मिठा कुराहरु
साटी नै रह्यौ !
हामी अंगालोमा
बाँधिएका थियौ ।
यो स्वार्थी
दुनियाँ देखि पर
क्षितिजमा हराई
रहेका थियौ !
अनायासै जब खुले
यी नयन मेरा
म त मेरै ओछ्यानमा
मैले ओढ्ने सिरकमा
पो गुटमुटिएको रहेछु !
उफ्फ़
क्या खल्लो
भो बिपनामा ?
बिपनामा कल्पिरहें
सायद यी सपना
जुन बाट छरिएका
आशाका किरणहरु
चोखो शीतमा परेपछिको
आफैमा आनन्दित
प्रतिफल जस्तै थिए ।