भन्छन्, प्रेमको परिभाषा अनन्त छ,
वात्सल्य प्रेम, मातृत्व प्रेम, भातृत्व प्रेम,
दुइ आत्माको एक-अर्का प्रतिको चाहत प्रेम,
आफन्त प्रतिको अपनत्व प्रेम,
परीवार प्रतिको ममत्व प्रेम,
साथी-भाई इस्ट-मित्र प्रतिको लगाव प्रेम,
समाज र मातृभूमि प्रतिको दाइत्व प्रेम,
साह्रा संसारलाई आफु प्रति आकर्सित गर्ने कला प्रेम,
समग्रमा म मेरोको ठाँउमा हामि हाम्रो भन्ने सोच हो प्रेम