उन्का परेली झुक्दा झुक्दथ्यो आकाश,
थियो ऊन्मा केहि बात,
हो,खास थिईन मेरी प्रियसी ।
ति ओठ हाँस्दा हाँस्थ्यो "निराश",
ऊन्को ढुक्ढुकीसँग चलथ्यो साँस,
हो,खास थिईन मेरी प्रियसी ।
जब आउथ्यो झरि-चीसो रात,
ति अंगालो भैजान्थे न्यानो बाँस,
हो,खास थिईन मेरी प्रियसी ।
ति केशु सँग जब मस्कनथ्यो बतास,
अहो!क्या हुनथ्यो गोपी-किशन रास ,
हो,खास थिईन मेरी प्रियसी ।
पिन्छु म सारा आकास तर बुझ्दैन प्यास,
हो,खास थिईन मेरी प्रियसी ।
अब के रहयो र बाँकि हुन,
कालको गाँस
वा जीउदो लाश,
हो,खाश थिईन मेरी प्रियसी ।