के नै पाउछौ तिमीले र हृदयलाई टुटाएर ।
अहम किन गर्छौ यहा ठुलो जातको हुँ भनेर ।।
रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ।
रुवाउनुनै थियो भने किन गास्यौ अत्मियता ।।
म भित्र नि मुटु चल्छ मनभरी माया छ ।
सानै जातको भए पनि मानवताको छाया छ ।।
माया भन्ने ठुला साना दुबैको नै उस्तै होला ।
यस्तै पिडा तिमीलाई दिदा मुटु भए मन रोला ।।
नेपाल आमा रोईन भने मेरो पनि आशु भर्छ ।
म पनि त उनकै सन्तान म भित्र नि देशभक्ति छ ।।
तिमी र म मानव सबको धर्ति आकाश भिन्दै छ र?
अहमताको रोग हटाई मानवताको व्यबहार गर ।।
अमृत भनि बिष पिलाउदा जो पनि त मर्छ होला ।
धोका नदेउ मलाई जस्तै अरुको नि मन रोला ।।
ईश्वर सबको एउटै हुन छुट्याउछौ तिमीले किन?
रुप देख्दा लोभ लाग्यो जात सुन्दा घृणा किन ?