नेपालको अस्मिता माथि धावा बोल्नेहरु
नेपालीको स्वाभिमानलाई तावामा पोल्नेहरु
सावधान,
नालापानिमा युद्ध लड्नेका सन्तान हौँ हामी
एउटा हद सम्म बसेका छौँ मन थामि
जसले यो मुलुकलाई स्वतन्त्र राखेका थिए
जसका हातबाट वैरिले हारको स्वाद चाखेका थिए
तिनै विर पुर्खाहरुको धरोहर हो यो भूमि
यसमाथि थिचोमिचो गर्न नखोज तीमि
सुस्ता मानेभञ्ज्याङ वा कालापनि
चिमोटेका छौ तीमिले जानि जानि
यो सुल भएर बसेको छ नेपाली मनमा
अव आगो लाउन खोज्दै छौ हाम्रो तनमा
"वुद्ध" काहाँ जन्मिए तीमिले बताउनु पर्दैन
सवलाई थाहा छ ईतिहास मर्दैन
उहि पुर्खाको रगत हो तीमि यो मान
हाम्रो सालिनतालाई कमजोरि नठान
यो धर्ति हाम्रो हाम्रै हो आकास
जुर्मुराई उठ्छौँ जब पर्दछ सकस
जय जन्मभूमि जय मातृभूमि
तिम्रो रक्षार्थ तयार छौँ हामि !! !!