सबै काम छोडेर ढुंगा हान्ने काम भो,
बन्द गर्ने निहुमा टायर बाल्ने काम भो,
राजनीतिको नाममा जनता ठग्ने काम भो,
हुदा हुँदा संसारमा हाम्रो अत्तिनै नाम भो !
संविधानको नाममा ढुकुटी फोर्ने काम भो,
संघियताको नाममा देश तोड्ने काम भयो,
विकाशको नाममा नाक नाप्ने काम भयो,
समावेसीको नाममा हतियारको व्यापार भो !
तराई पहाडको एकतामा रंग पोत्ने काम भो
सुरक्ष्याको नाममा हतियारले काम भो,
धर्मको नाममा रगत बगाउने काम भो
सबै काम छोडेर रेलिंग भाच्ने काम भो !
पार्टी पार्टी भनेर सबै नेता हुने काम भो
देशको भन्दा अझ हाम्रो पार्टीको ठुलो नाम भो
संविधानको नाममा भत्ता चट्काउने काम भो
सबै काम छोडेर जनता ठग्ने काम भो !
गरिवी सक्नु भन्दा भन्दा गरिवनै नाश्ने काम भो
संसार को विकाशमा हाम्रो अत्तिनै काम भो
सबै कुरा छोडेर ढुंगा हान्ने काम भो !
देश चलोस् नचलोस आफु मोटाउने काम भो
पार्टी पार्टी को निहुमा आफैं बन्ने काम भो
देश जाये भाडमा आफ्नालाई उकास्ने काम भो
समानताको नाममा घांटी गिड्ने काम भो !
जातीयताको नाममा रगतको रंग फरक भो
अपहरण, लुट, हत्या जीवन चक्र बन्ने भो
स्कूल गएका बाल बालिका बेलुका घर नफर्कने भो
आफन्त को भिडमा कसैको विश्वास नहुने भो !
राजनीतिको नाममा कलोपोत्ने काम भो
साधु जत्ति शुलिमा चोर पाल्ने काम भो
जनता लाई बन्धक राखी गुण्डा पाल्ने काम भो
नेता जति सबै बाट देश पोल्ने काम भो !
सबै काम छोडेर ढुंगा हान्ने काम भो,
सबै काम छोडेर रेलिंग भाच्ने काम भो,
सबै काम छोडेर जनता ठग्ने काम भो,
सबै काम छोडेर देश पोल्ने काम भो !!