सहर, आफ्नो पहिचानको खोजीमा
महंगी सितको साक्षात्कारमा
पसिनाको मूल्य संग
समायोजनमा व्यस्त छ ।
हरेक संक्रान्ति संगै
घरको मूल ढोकामा लाम लाग्ने
घरबेटीको त्यो अनुहार !
स्कुल , कलेजका बिलहरु
लोद्शेदिंगमा पनि अकाशिएर आउने बिल
धारोबाट आउने हावाको पनि बिल !
टेलिफोन , मोबाईल , टिभी च्यानल
इन्टरनेटका काटिएको लाईनको सुचनाहरु पनि
संग संगै देखा पर्छन् !
भित्र भान्छा कोठामा
खाली ग्यासको सिलिन्डर
बायेक अपको लागि राखिएको
खालि मट्टीतेलको जर्किनको
कच्याकक कुचुक्क अनुहार !
खालि चामलका बोरा
उदांग दालका डब्बा
तेलको खाली सिसि
अन्तर कुन्तर सबै थोकहरु
अँध्यारो मुख लाएर बस्छ ।