सदाबहार गाईजात्रा मनाउने भए
कुहिएको सिनोसरी गन्हाउने भए
हुर्मत लिए अरुको र आफ्नो पनि
मरुभूमि यो धर्तिलाई बनाउने भए!!
कुपुत्र हुन यो धर्तिका भन्दिए भो
नालायकमा सबलाई गन्दिए भो
स्वार्थ सब पुरा गर्नलाई आफ्ना
विदेशीको करिया नै बन्दिए भो!!
नारा फलाकेका छन सहमतिका
पुन्तुरा बोकेका छन बि-मतिका
गोरुको मोल सबको बाह्रै टक्का
यी सब हुन भकारी कु-मतिका!!
बरु छुट्कारा लिन सबले जाग्नु
श्रेयस्कर छ मातृभूमिका निम्ति
यीनका बिरुद्धमा निसाना दाग्नु!!