संधै झैँ आजको यो ढल्किदो साँझमा अतृप्त
यौनको प्यास बोकी मेरा पाइला अघि बढ्दै छन
ल्याक्र्याक-ल्याक्र्याक सुन्धारा,रत्नपार्क र ठमेलका गल्लि तिर.....
मलाई थाहा छ हिजो,अस्ति जसरि आजको साँझ नि
मैले मोल मोलाई गर्ने छु
आलु झैं गरेर ति गल्लि र घरको पेटीमा लाम बत्त रहेका
यौनकर्मीहरु
बास्नादार अत्तरले
चुर्लुम्म डुबेका छन् क्या
रे
एक झोकां हावासंगै त्यो मिठो गन्ध नाकमा पस्छ
म रङ्गमङिन्छु
अध्याँरा कोठाहरुमा म बन्द हुन्छु
मेरो एक् एक इशारामा
उ नग्न हुदैं जान्छे
म बासनाको खेलमा खरो उत्रिन्छु
खल्तीका नोटहरु सिध्याउंदै जान्छु
स्खलित तन् अनि रित्तिएको मन्
बोकेर जब म डङ्ग्र्ग पल्टिन्छु
त्यो बास्नादार केटी
मलाई कुल्चदैं
घृणाको एक दृष्टी फ्याँक्दै
उठेर जान्छे
उफ्,मलाई पनि अब घृणा लाग्छ
आफैदेखि अनि यो कृतिमता देखि
म अब त्यहि रातोदिन भकारो सोरेर
ठुस्स गन्हाउने
मेरी उहि अनपढ गवांर श्रीमती लाई सम्झन पुग्छु
उ जान्दिन मलाई खुसी पार्न
तथापी
जब म उ संगको संसर्गवाट स्खलित हुन्छु
उ मलाई यसरी कुल्चिन्न
न घृणाको दृष्टी नै फ्याँकछे
उ त झन् झन मायालु स्पर्शले
मलाइ कसेर बाँध्छे
सिरेटोले हान्दा न्यानो सिरकभित्र गुट्मुटाउंछे
सायद यहि नै फरक रहेछ
कृतिमता र प्राकृतिक तत्वबिच
आफ्नो र पराईबिच
न उ मसंग कुनै मोल गर्छे
न कुनै छल्
मात्र प्रेम गर्छे
मात्र प्रेम
हो अब म फर्किनुपर्छ
यो रंगमञ्चबाट
आफ्नै झुप्रोमा जहाँ मेरी
शान्ती छे