हीजो गोर्खाका पृथ्वी नायक बनि नेपाल बनाया
आज गोर्खाका वावुराम प्र.म. बनि साह्रै गनाया
निर्माण खातिर योग्य बन्ना कन भारत गयाका
पढाइमा मेधावि छात्र हुन्याले डाक्टर भयाका॥१
कौन कारणले यीनका मन कन प्रेरित गराया
राजनितिको बाटोतिर यीनिलाई स्वात्तै डोराया
निर्माणका यी डाक्टरले ध्वंसका साथ दियाका
दश वर्षे द्वन्दकालका यीनले नेतृत्व लियाका॥२
आज यीनि नेपालका प्रधान मन्त्री भया छन्
शान्ति अनि संविधान वनाउन ताहाँ गया छन्
वावुरामाका मन किन अन्तै डुल्नलाई गयाका॥३
ज्यान खत माफि कन यीनले सिफारिस गराया
भाउ वृद्धिका माद्यामबाट जनका ज्युँदै मराया
यीन्कै नेतृत्वमा हिजो जुन घर-खेत लुट्या छन्
उही वैधानिक बनाउना आज यीनि जुट्या छन्॥४
यीनका कुबुद्धि देखदा आज साह्रै टिठ लाग्याका
त्यही भएर मनबाट जनका विश्वास भाग्याका
थीती र रिति बिगार्ने यीनले मनशुवा बनाया
त्यही भएर यी गोर्खे वावुराम साह्रै नै गनाया॥५