जीवन हर्षित छ
आकर्शित छ,
अर्थपुर्ण छ
बिरङ्गीत छ
अनी रोमान्चित
यहाँ साकुरा फूल्दा ...
यहाँ पैयु र आरु
बेली र चेरी फूल्दा ..
ह्वाङ नदीको सेरोफेरो
बाटा र गल्लीहरु
छेवैको सउल पार्क
अनी नदी किनार,
कुनै नवजवानी युवती
पहिलो रजरस्वाल,
हुर्किन्दै गरेको बैश झै
सेताम्य छ,
राताम्य छ
पहेलपुर....
अनी बिरङीत ...
साकुराका फुलहरुले ..
पैयु, चेरी र आरुका फुलहरुले ।
प्रकृतिले बैश छर्दा, कठै मेरो मन!
एकोहोरो रोमान्चित स्वर्गको टुक्रामा
सिमल भुवा झै तैरिन्छ
भावानाका अनुप्रस्थ तरङ्गहरुले
बिस्तारै बिस्तारै अन्तुका पाखातिर
सल्लेरीको बनबाट
तल धार परिवर्तन गरेका
कोशीका सयौ चिराहरु
अनी समथर तराईलाई
क्षितिजसग जोडेर
अङ्कमाल गरिरहन्छ ।
हो, म कल्पनाकै काखमा
सपनाकै साथमा
तिन्जुरेतिर लाली गुराँस चुमेर
सपनाबाट बिपनामा
उदयमान रोशनीले घचघच्याउदा
फगत मेरो कल्पनाहरु
नित्था मेरा भावनाहरु
म त मुग्लानमा
कसैको धन्दा
कसैको जुठ्यान
कसैको भाडाकुडा पो धुदैरहेछु
प्रदेशीको पिडामा
अलिकती नुनिलो आँशुले ब्युँझिएछु
अनी वरीपरि छरिएका पुष्पलाइ
मेरो प्रश्न !
'कति माया गर्छौ साकुरा मलाई ....?
कस्तो प्रेममा फसाउदै छौ
आरुका फुलहरु
चेरी र पैयुका फूलहरु मलाइ .....?
आँखा सामु भरिएका
अलौकिक सुन्दरताले
सुगन्ध र बासनाले
म लठ छु रोमान्चित
अनी आकर्षित
तर म भित्र भित्र डराइरहेको छु
मेरो राष्ट्रियता
मेरो लालीगुराँस .....!
कतै भुले भने ....!
म झ्वाट मेरो गुराँस सम्झ्न्छु
मुटु भित्र गुराँसको पुष्पदल चुमेर
साकुराका पत्रदल खेलाई रहेछु
चेरी र आरु अनी पैयुका फूलहरु नियाली रहेछु ।
साकुरा बिकसित देशका
चिल्लो सडकहरुमा फुले,
बासना धनी मान्छेहरुले लिए
गुरास सानो राष्ट्रको
पाखाहरुमा फुले,
फरक यतिमात्र हो ...
आखीर फूल त फुफूलल नै हुन नी !
साकुरा मलाई एक अङ्गालो माया बाड्छ,
भरिपुर्ण बैशले जिस्क्याउछ
बैशका एक झोक्का फेरी म मा पलाउछ,
तर ...
गुराँस,
मेरो पल पलको
धड्कनमा स्वास भरिरह्न्छ
भरिरहन्छ ..