प्रजातन्त्र विकसित भई लोकतन्त्र भाको छ
नाइकेहरुको बुद्धि भने, घासँ चर्न गाको छ
कुन शक्तिले हो यीनका बुद्धि अव फर्काई दिने
गलत काम गर्दाहुदिँ यीनलाई थर्काइ दिने॥
सत्तालिप्सा, भत्तालिप्सा आफन्तलाई पोस्छन्
जनताको वास्ता छैन, मुलुकलाई सोस्छन्
मुलुक र जनता संग गर्दाछन् यीनले झेला
राजनीति यीनका लागि मोजमस्तिको खेला॥
देश उसको हातमा जाओस् जस्ले राम्रो चलाओस्
सचेत होऔँ सवजना यहि छ आज मेरो कामना
प्रजातन्त्र दिवसको अवसरमा सवलाई शुभकामना॥