लौ है ताजा खबर आएको छ
शंघर्सको गित गाएको छ
१२ भुरे टाकुरे मिलेर
जनतालाई ठीक लाउने रे चिलेर !
जनताका नाममा जनताकै दोहन गर्ने
जसरि पनि आफ्नै खल्ति भर्ने
यो राजनीति हो कस्तो
जनताको नाम किन यति सस्तो !
संविधानसभामा बसि संविधान लेख्न छाडेर
के पाउने हुन् यीनले शान्ति र संविधान भाँडेर
को जनता, कस्तो जनता, कस्को जनता बुझ्नै कठीन भयो
जनताका नाममा क्रान्ति भन्छन् जनतानै भड्खालामा गयो !
जनतालाई थर्काएर आफ्नो भको भ्रम पाल्छौ
त्यहि भ्रमको धरातलमा क्रान्तिपो गर्न थाल्छौ
लुट्नु, भुट्नु, कुट्नु बुझ यो होईन क्रान्ति
थर्काउनु,चड्काउनु, पड्काउनु, हो यो केवल भ्रान्ति !
के पायौ जनतालाई हिजो वलिवेदिमा हालेर
के पाए जनताले भन्न सक्छौ ? अनाहकमा ज्यान फालेर
के चाहन्छन् जनता भनि पाएनौ यदि तिमिले भने भेउ
फगत शान्ति, संविधान अनि गरि खाने ठाउँ देउ !
साझा फूलबारि यो मुलुक कित्ताबन्दिमा नबाँड
मिलेका मनहरुलाई आफ्ना स्वार्थ खातिर नभाँड
थुन्चेले छोपेको क्रान्ति डोकोमा झरिसक्यो
फरेवको पछि लाग्ने जनताको मन मरिसक्यो !
झुठ, फरेव र जालि खेल खेल्न यदि छाड्यौ भने
जाल, झेल र कपटलाई जमिन मुनि गाड्यौ भने
तिम्रो भलो त हुन्छ नै जनताको नि हुनेथियो
मुलुक यो सप्रिदा सवको मन छुनेथियो !
मुलुक यो सप्रिदा सवको मन छुनेथियो !!!