बाहिर,
लामबद्ध सैनिकहरु
निस्पट अंधेरीमा
कालरुपि हतियार नचाउदै
जीन्दगीको अन्त्य खोजिरहेका हुन्थे,
अनि म भित्र,
तिम्रा नागबेली केशुमा अल्झिदै
जीवनको सुरुवात
खोजिरहेको हुन्थे ।
बाहिर,
ति सर्चलाईटका फोकसहरुमा
अबोध पशुहरुका र
कदाचित, बेघर र
बेहोशीहरुका आँखा झिलमिलाउने गर्थे,
अनि म भित्र,
तिम्रा काँजलु परेलीबाट लर्किदै
तिम्रा तारासरि आँखामा
मायाको झिलमिल खोजिरहेको हुन्थे
बाहिर अचानाक शान्त हतियारबाट राका बर्सि
रगतको भल बगेको हुन्थेव
अनि म भित्र,
तिम्रा लालिमय अधरलाई चुम्दैतिम्र नसा नसामा रगत भई
बगिरहेको हुन्थे ।
बाहिर,
घृर्णाले छाती ठोकिरहेको हुन्थ्यो,
तर भित्र,
रेसुँगाको काखमा हामी
चुपचाप प्रेमको अँगालोमा बाँधिएका हुन्थ्यौ ।
तर,
समयले कोल्टे फेर्यो,
ति जँगल र झुप्रोका गीत गाऊनेहरुले
तिमीले मलाई लत्ताएसरि
लत्ताएर महल रोजे,
जसरी तिमीले रोज्यौ
मखमली काम्लो,
तिनीहरुले नि
रमाईलो शहर रोजे ।
आज, जब म संझनाको चिप्लेटी खेल्छू,
त्यो युद्धकालको/त्यो संकटकालको
हाम्रो प्रेम र
बाहिर त्यतिबेलाको
क्रान्तिगीत संझन्छू
अनि खित्किन्छू खित् -खित् ।
म मात्र बौलाएको रहेन्छू त्यतिबेला
त्यो युगनै बौलाएको रहेछ,
अन्यथा,
जुन हाल अहिले तिम्रो र मेरो छ
त्यहि किन देशको हुन्थ्यो र???
हो,
जसरि संकटकालको
मेरो प्रेम अधुरो छ,
हो,
त्यसरिनै त्यो बेलाको
देशप्रतितो बाँचा अधुरो छ,
हो,
अजै क्रान्ति अधुरो छ ।