आज किन किन सपना बिग्रिएको छ
सदा चलखेल गर्नु पर्ने दिमाग थिग्रिएको छ
सन्ततिको चर्तिकला देखेर दु:खि हुदि छन्
मेरि मातृभूमि क्वाँ क्वाँ रुदि छन्!!
हो, याहाँ सगरमाथा नुहेको छ
पहाड फुटेको छ
तराईमा धाँजा फाटेको छ
मेची सुस्केरा फाल्दै छिन्
माहाकालि विरहको भाखा हाल्दै छिन्!!
खै ! अब त बुझ्न नि गाह्रो भो
चाहना नियाल्न नि साह्रो भो
कोहि याहाँ आफुलाई धर्तिपुत्र भन्दछन्
बाकिँ अरुलाई आकास पुत्रमा गन्दछन्!!
सोच्या थियो, लाखा र पाखाको संस्कार हट्ने छ
अन्योल र अराजकताको तुवाँलो फाट्ने छ
दरिद्रता र अभावमा जिउनेहरुका दिन फिर्ने छन्
दुरदराजका बस्तिहरुमा विकास रुपि सूर्यका किरण छिर्ने छन्!!
तर, आज याहाँ उल्टो हुनलागेको देखिदै छ
भुल र कुण्ठाको कालो ईतिहास पो लेखिदै छ
मातृभूमि माथि छुरा चलाउन लागेको छ
चिरा चिरा पार्ने भुत जागेको छ!!
परिणामको चिन्ता सवैलाई लागेको छ
बडाहरुको भने दिमाग अन्तै भागेको छ
लाग्छ मातृभूमिको चिता सजाउदै छन्
घाट लानु अघिको एकोहोरो शंख बजाउदै छन्!!
जे होस, आज किन किन सपना बिग्रिएको छ
सदा चलखेल गर्नु पर्ने दिमाग थिग्रिएको छ
सायद, सपनिमा मातृभूमि यहि देखेर रुदै छिन्
आफ्नो चिता सजाउनेहरुलाई देखेर धिक्कार्दै छिन्!!!!