कुन मन्त्रीकोमा जान्छौ जनता, कुन नेताकोमा जाने हो !
कुन कोसेलि बोक्ने अनि, साथ कसोरि लाने हो !
नेता हाम्रा सर्वज्ञ छन्, मन्त्रीको त कुरै नगरौ
आफ्नो भलो चाहने हो भने, खल्ति यीनका भेटीले भरौँ
विकास निर्माण भएन त के भयो,
भागवत पुराणको उद्घाटन गर्दाछन्
जनता कंगाल भए त के भयो,
आफ्नो र आफन्तको ढुकुटी भर्दाछन्
फेर यीनको समाते वैतर्णि तर्न सकिने
नत्र जमिनमा पल्टेर ज्युँदै हो मक्किने
यस्ता सर्वज्ञ प्रभुको सेवा गरे मिल्छ मेवा
शुभलाभ हुने जो काम छन्,ति हुने छन् तिम्रा पेवा
दान दातव्य कोसेलि, सव यीनले बचाउदा छन्
जय नेता जय मन्त्री, प्रधानमन्त्रीकि जय
जसले मन्त्र यो गाए, सदा उनका भलो भए॥