प्रेमतालमा माछीसरि
सलबलाउदै हिड्छेऊ अरे,
सुंदर शान्त मेरो गाँऊको
शान्ति खलबलाउदै हिड्छेऊ अरे ।
को बुढो,को बच्चा,
सबको ओठमा तिम्रै चर्चा,
चट्पटे स्वाद बनि
सबको मन तलबलाउदै हिड्छेऊ अरे ।
जवानी त चड्छ सबलाई
तर ज्वालामुखी तिम्रो यौवन,
जता चान्छेऊ त्यतै माहोल तताई
भलभलाउदै हिड्छेऊ अरे ।
मलिलो त्यो तनमन तिम्रो
जे रोपेनि मौलाएकै छ,
यो कलीयुगमा कल्पबृक्षभई
फल फलाउदै हिड्छेऊ अरे ।
तिम्रै पिरले अधिर भई
आदा गाँऊ बिमार भा छ भन्छन,
तर तिमी आफू भने दुबोसरि
कलकलाउदै हिड्छेऊ अरे ।