हिजो नयाँ कुरा पत्ता लागेको छ
हराएको शान्ति र शंविधान फेला परेको छ
सगरमाथाको टुप्पोमा बसेर,
तलतिर नियाल्दै गरेको अबस्थामा
सरकार प्रमुख र क्रान्तिकारि नेताहरुले देखेपछि
आवश्यक खर्च-वर्चको चाजो-पाजो मिलाएर
क्रान्तिकारि विर योद्धाहरुलाई
त्यता तर्फ लिन पठउने निर्णय भएकोछ !!
संविधानसभामा चार वर्षदेखि गरेको काम फोकट भएकोछ
तलव-भत्तामा खर्चिएको करोडौ रकम बेफ्वाँक गएकोछ
होटल र रिसोर्टहरुको सेमिनार अनि गोष्टिको अर्थ रहेन
ङार-ङार ङुर-ङुर,होक्रा-होक्राको पनि माने भएन
आखिर होस पनि कसरि !
शान्ति र संविधान सगरमाथाको टुप्पोमा,
बनाऊने कसरत भने काठमाण्डौमा!
जे होस, एक हुल क्रान्तिकारिहरु सगरमाथातिर जादैछन्
शान्ति र संविधान बोकेर ल्याउदैछन्
अव शान्ति स्थापना हुने भएको छ
संविधान पनि बन्ने भएको छ !!
यो नयाँ सुत्र भोलि पनि काम लाग्ने छ
कञ्चनजङ्घा र मकालुको शिखरबाट
विकास निर्माण अनि रोजगारिका अवसरहरु
धवलागिरि र निलगिरिबाट गरिवि उन्मुलन्
काञ्जिरोवा र पातरासिबाट शिक्षा आदि
याहाँ अवतरण हुनेछन् !!
हामि पिडित नेपालीहरुका लागि
यो भन्दा सुखद् खवर अरु के हुन सक्छ !
सायद क्रान्तिकारिहरुले निर्माण गर्ने
नयाँ नेपाल भनेको यहि हो कि !