आज श्रमिक महिला दिवस
आवोस तिनका निम्ति उल्लासमय बनेर,
जो अप्ठ्याराहरुमा बाँच्न छन् विबस्!
एक्काइसौँ सताब्दिका हामि मान्छे
ठान्दाछौ महिलालई केवल भान्से
सन्तान उत्पादनको माद्यम्
भोग-विलासको साधन्!
नारी हितको कुरा गर्न
श्रमिकको जीवन खुसि र वैभवले भर्न
संस्थाहरु धेरै खुलेका छन्,
सेमिनार र गोष्ठिहरुमा भुलेका छन्
टाठा-बाठाहरुका जीवन फलेक अनि फुलेका छन्!
इमानको झोला भिरौँ, चेतनाको विगुल फुक्दै
तारे होटल र रिसोट छाडेर गाउँ-वस्तितिर छिरौँ
अन्धविश्वास र अवचेतनलाई, जरै देखि चिरौँ
निश्चय पनि सामाजिक विभेद मेटिएला
श्रमिक महिला दिवस मनाउनुको सार्थकता भेटिएला!!