भ्रष्टहरुको विरुद्धमा चलोस् श्रष्टाहरुको कलम
तव मात्र लाग्नेछ मनमा पिडितहरुको मल्हम
यो हो मुलुकमा फैलिएको, रोग क्यान्सर सरि
मुलुक खोक्रो तर मख्ख छन् याहाँ भ्रष्टाचारि॥
नैतिक्ता यीनले चपाईसके छैन कुनै लाज सर्म
पैसा भए पुग्ने यीनलाई, राख्दैनन् पदको मर्म
भ्रष्टाचारको प्रमाण पुगि कारवाहि गरदा पनि
षडयन्त्र हो भनि खोक्छन्, जेलै पो परदा पनि॥
नांगेझार पारि यीन्लाई बचाउँ मुलुकको ज्यान
भ्रष्टहरुको विरुद्धमा चलोस् श्रष्टाहरुको कलम
तव मात्र लाग्नेछ मनमा पिडितहरुको मल्हम॥