श्रृजनाको फूल फुलाउन श्रृजनसिलताको खाँचो हुने
श्रृजनसिलताको प्रयोग गर्दा, जो कोहिको मन छुने
कोहि हाँस्छन् श्रृजना हेरेर, कोहि भने धुर-धुरी रुने
श्रृजनकर्ताको कुरै छाडौ, दुवै अवस्थामा मख्ख हुने॥
को राम्रो अनि नराम्रो, श्रृजनकर्ताको विषय बन्छन्
सलल बगि भावनामा, अरुका मनको कुरा भन्छन्
ओल्लो अनि पल्लो किनार जोडे भाँति योजनाकारले
लेक वेँसि भावनाले जोड्छन् हाम्रा यी श्रृजनाकारले॥
सप्तरंगि ईन्द्रेणीका, रंगहरु आफ्ना श्रृजनामा भरि
सूर्योदयका ति लालि किरण, त्यै माथि छपक्क छरि
सरर शितल हावाको, प्राण त्याहाँ भित्र यी भर्दछन्
त्यहि भएर प्राणिलाई, रसिलो फल प्रदान गर्दछन्॥
प्रकृतिका उपासक यी, शब्दका हुन् पारखि सादक
अशान्ति र असहिष्णुताले, पार्छ यीनलाई मादक
मानवता मान्दछन् धर्म, प्रेम छर्नु हो यीनको कर्म
त्यहि भएर बताउँछन्, भातृत्व र मातृत्वको मर्म॥
श्रृजनाकारका निम्ति, न जात छ, न त कुनै धर्म
केवल ध्याउन्न प्रचारको, शान्ति र निष्ठाको मर्म
लोभ-पाप पखालेर, सुन्दर समाज निर्माण खातिर
लगाउदा छन् श्रृजनकर्ता, आफ्नो दिमाग सातिर
चलाउदा छन् श्रृजनकर्ता, आफ्नो दिमाग सातिर॥॥