आज वैशाष ११ लोकतन्त्र प्राप्तिको दिन
के पाए नेपाली जनताले सोचौँत एकै क्षण
भोक-रोग-गरिवि-अशिक्षा, अनि नाङ्गोपन
नीति- नैतिकता अनि नेतृत्वको बाङ्गोपन
के यी चिजहरुमा आएको छ कुनै फरक !!
यदि छैन भने के वा को हो यसको कारक !?!
लुट-कुट-झुठ-भ्रष्टाचार अनि कमिसनतन्त्र
जो फैलिएको छ मुलुकभरिनै सर्वत्र यत्रतत्र
खै कसरि मनाउने हो लोकतन्त्र दिवस !!
जव कि जनता छन् यो सव हेर्न विबस !!
ति शहिदहरु जसले ज्यानको आहुति दिए
ति घाइतेहरु जसले सामन्तवादको सातो लिए
आज बाँकि अभियन्ताहरुलाई धिक्कार्दा होलान्
के तीनिहरुको क्रन्दनले यीनका मन छोलान् !?!
तर पनि आज हो लोक+तन्त्र लोकतन्त्र दिवस
मनाउनै पर्छ हामि जतिसुकै भए पनि विबस
हामि लोक हौँ सरकारले मनाउदैन अरे
सरकारले सरकारि दिवस बनाउदैन अरे !!
भोलिका दिनमा लोकको बनोस सरकार
सवै र सधैँ दु:ख सुखमा राखोस दरकार
लोकतन्त्र दिवसको अवसरमा यहिछ कामना
शूभकामना----- शूभकामना----- शूभकामना