हुरी बुढो रुख भच्चाउन तल्लिन छ,
बतास निकै बेगमा बह्न्छ,
रुखको डाली भुइ र टुप्पो हुँदै शैसला खेल्छ
परिपक्क फलदाना दाँया र बाँया हल्लिन्छ
अनी कोयाको गुप्ताङ्ग प्याट्ट फोरेर
बाहिर निस्कन्छन ,
सिमल भुवाहरु ......
सिमल भुवाहरु!,
आरु फुल्ने बेला,
हावा चल्ने बेला,
आकाश गर्जदा जन्मे ,
मेरो जन्म
न आरु फूल्ने बेला भयो
न हावा चल्ने बेला भयो
न आकाश गर्जदा भयो,
म त
बाख्राको दुध पिएर
कसैको काखमा हुर्किएको रे...
अरु कसैको कोक्रामा हल्लीएको रे...
धरै बर्ष थाङ्नाको दिशा र पिशामा मुच्छिएको रे...
अनी आमाको वात्सल्यताबाट छुटिएको रे.... ।
कसैसग अनुबन्दित यात्रा लिएर,
आकाशको हावामा कावा खान्छन
निसङ्कोच गन्तब्यमा स्वातन्त्र
उडीरहेछन
सिमल भुवाहरु ।
हावाको दिशा उसको बाटो हो
उसैसग अनुबन्दित छ ,
पानी सग अनुबन्दित छ
माकुरो जालसग अनुबन्दित छ
अनी म,
सिमल भुवा हेरेर गर्व गर्छु,
बर्ष बर्ष थाङ्नामा मुछिएको
मेरो जीवन कति स्वातन्त्र छ!
न म आमा बाबा सग अनुबन्दित छु
न म परिवार सग,
न म कसैको मायामा अनुबन्दित छु
न संसारसग ।
प्रकितीले छनोट गर्यो भने,
सिमल भुवा र म उस्ता उस्तै हो
धर्तीको फाटमा सिमल बिजाङ्कुरण भएर
नयाँ सिमल दिन सक्छ ,
म कसैको मायामा गर्वधान गर्नसक्छु.....
यदि हामीले बाँच्नको लागि सघर्श गरयौ भने
अनी सक्षम नै बाच्ने भयौ भने ।
म त यहाँ मेरो जन्म खोजी गर्दै छु
सिमल भुवाको जन्मदाता मलाई माने हुन्छ
किन की म उसको जन्म निर्धारण गर्न सक्छु
के मेरो जन्म सिमल भुवाले बताउन सक्छ ...?
मेरो जन्म ससारको मान्छेलाई चुनौती हो ,
म एक दिन मृत्यु हुन्छ
मेरो मरण ससारलाई चुनौती हो
यहाँ को अछुतो छ र अनुबन्धबाट ?
अनुबन्दित जिवनबाट ?
म अनी मान्छे सबै अनुबन्दित छन्
समय काल र परीस्थीतीबाट
जीवनबाट,.... माया बाट
उही सिमल भुवा सरह ,
उही सिमल भुवा जस्तै... ।