हरेक ऋतुका फूलहरु संग पैचो मागी
केहि रंग तक्राउछु तिमीलाई !
इन्द्रेणीको सप्तरंगी रंग चोरी
केहि रंगाउछु तिमीलाई !
आफ्नै जीवनका ऊमंग र खुशीहरु घोली
केहि रंग वर्साउछु तिमीलाई !
शुभ-कामाना आज
रंगिएर टक्राउन हुन्न रे मैले !
तेसैले !
अन्तर मनले रंग वर्साउछु तिमीलाई !
स्वीकार गर !
होलि आयो रे भन्छन रंग खेल्नेहरु !
रंग खेल्न धर्मले हुन्न रे मैले !
तेसैले ! स्वीकार गर!
आज मेरो मानस रंगको होलि !
अनि !
एक मुट्ठी मानस सप्तरंगले तिमीले !
रंगाई देउ मलाई पनि !!