त्यो कलैया नगर नगिचैको बैरिया मेरो गाउँ
सडकका अगल र बगलमा सुस्नाको झाडी
खाल्डा र खुल्डी धुलो अनि हुरी
बिहानीपख सैरमा हिडेको त्यो क्षण
फर्कंदा मुखमा नीमको दतिवन
अनि त्यो चोक को चिया
राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त
मुकुन्द काका र श्रीराम दाई
प्रयाग चाचा र जोगिन्दर भाई
अब विदेशमा किन मेरो आँखा
यस्तरी छल छालायी रहेछ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेछ
आँगनमा ईनार, अनि मन्दिर तथा तुलसीका ती बोटहरु
राम राम र कृष्ण कृष्ण लेखिएकाती भित्ताहरु
त्रिपुंड लगाई ध्यानमग्न मेरी बुढी हजुरामा
छोरो कहिले फर्कला भनि सडकतर्फ हेरी रहेकी मेरी आमा
बरन्डामा सोंचमा डुबिरहेको मेरो बुढो बाबु
ढोकामा दुधको बाल्टिन लिई उभिरहेको त्यो दरबारी राउत
अनि छिमेकी भाउजुको ठुलो हाँसोको स्वर
आदी आदी को सम्झनाले
अब निकै सताई रहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेको छ
घरि नरहरी कहाँ
घरि मणिराज कहाँ
घरि विवेकनान्द्जी कहाँ
भने घरि विशाल कहाँ
न कुनै एग्रिमेन्ट
न कुनै अप्वैन्मेंट
न कुनै हेल्लो र थैंक यू को औप्चारिकतानै
सबै एकजुटभई भैंसीमा चडी
सर्हैया पोखरीमा डूबकि लगाउंदथ्यौं
चकचन्नामा(गणेश चौथी) चोरेको त्यो काँक्रो र भोगटेहरु
कतै खलिहानमा लुकेर खान्दथौ
अब सबै सपना भई यहाँ
मन बिचलित गराई रहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेको छ
टुलीपै टुलीपले भरिएको देश
छैन लालीगुराँस यहाँ
सुन्न पाईन्छर ? भोजपुरी (दोहरी) गित नै कहाँ
गयो दशैँ, आयो तिहार
न पकवान पाएँ मैले
न कुनै फलहार
न आँगन छ, न दैलो
न देउँसी, न भैलो
के छ त् यहाँ ?
हातमा हेनेकन बियर
आँखामा टियर
ओ माईडियर, हियर ?
नोबडी केयर
जीन्दगी मशिन जस्तै भयो
संधै हतार हतारमा
झिम्मिक्क रात बित्छ
उही झिल्के बारमा
चौरासी ब्यन्जन्ले भरिएको अगाडी
डैनिंग टेबुल भएतापनि
उही तामा र गुन्द्रुक रकोस्वादले
लोभ्याई रहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेको छ