आकासमै हराएका एक एक जुन तारा केलाएर
र्याकमै मिल्किएका युगौ युगका इतिहास पल्टाएर
सुन्दर प्रकृतिको पुरानो कहानिहरु दोह्र्याएर
तिमी खोज गरन शाथि मान्छले हराएको शान्ति
किन यहा रित्तिरहेछ मानवता,
किन फेरी सिद्घिरहेछ हृदयको शुद्घता
अनि किन मौलाउदै छ भिषण दानबता
आफ्नै दाजु भाई माथि लादीएको क्रुर शोषणता
यहि मुख्य बिषयहरुको
तिमी अवश्य खोज गर,
के थाह छ तिमीलाई
राम, जनक, बुद्घले देखाएको बाटोमा
शान्तिको गित गाउदै मान्छेहरु हिड्न छोडीसके
त्यसैले तिमी खोज गर
यहाँ किन बढाईदै छ शत्रुता
अनि किन टुक्र्याईदै छ आपसी मित्रता
आवश्यकता सबैको उस्तै चाहना पनि त उस्तै
अभावले पिसिएको धडकन पनि त उस्तै
मुक्ति चाहानेहरुको मुक्ति बाटो पनि त उस्तै
त्यसैले शाथि तिमी खोज गर शान्तिकै माटोमा
शान्तिकै बाटाहरु तिमी खोज गर ।