मदहोस झै हुन्छु,
उनको ब्यक्क्तित्वलाई नियाल्छु जब
आकासलाई चुम्छु, क्षितिजलाई छुन्छु,
उनको सामु जब म हुन्छ
आशामा पौडन्छु, कल्पनामा दौडन्छु,
उनको चित्रलाई नियाल्छु जब
पटुकीबाट त्यो ऐना झिक्छु,
सुर्यलाई हेरी खिसिक्क हास्छु
त्यो परिधि भित्र उनलाईनै देख्छु
त्यो परिपक्क बैश,त्यो झरेका केश,
त्यो सभ्य भेष, यो मायालु परिबेस
म मुग्ध हुन्छु त्यसै त्यसै
उसको छबी मेरो सामु हुन्छ जब
टाढा टाढा कता छ उ कुन्नि
किन रम्छु म कुन्नि
जेहोस् - ! मन-मनै मन पराए उनलाई
मनै देखि मन पराए उनलाई - !
मन पराएँ मनैदेखि । ' तिमीलाई '- !!!