सत्ता टिकाउन जानेका रहेछौ बाबुराम तिमीले
जनतालाई थाहाभैसक्यो तिमीलाई अब सत्ताबाट हटाउन धैरै गाह्रो हुन्छ
मधेसीलाई रिझाउन ४९ मन्त्रीका टाइटानीक मन्त्रीमण्डल बनायौ
अरुलाई रिझाउन कुनै मन्त्रीको नामसम्म मलाई थाहाछैन भन्यौ
भारतलाई रिझाउन बिप्पा सम्झौता गर्यौ
गरिबलाई रिझाउन मुस्ताङ्ग गाडी चढ्यौ
सबैमा १०० मा १०० नम्बर ल्याएको ठान्यौ
कुर्सीमा तप गर्ने प्रयास गर्यौ तिमीले
योकुर्सी भनेको गजबको रहेछ
टाँसिरहन मनलाग्ने
लेसिरहन मनलाग्ने
सत्ता चलाउने भन्दा भन्दै जेमा पनि जुवा खेलेको भन्यौ बाबुराम तिमीले
सायद बाबुराम तिमीले सत्तालाई तासको सत्ता सम्झयौ
हे बोर्ड टप बाबुराम
सत्ता ,अठ्ठा , छक्का पञ्जा सबै खेल्यौ तिमीले
गरिबलाई सपना बाँड्दै यहाँसम्म पुग्यौ तिमी
तर गरिबलाईनै वास्ता गर्न छोड्यौ
गरिब दुःखीका लागि के गरेका छौ जवाफ छ तिमीसँग ?
तिम्रो त पढ्ने र पढाउने काम थियो
कसरी तिमीलाई जुवा खेल्न मनलाग्यो ?
सायद धेरै पढेकोले पढाइदेखि वाक्क लाग्यो होला तिमीलाई
जनताले तिमीलाई विश्वास गरेर नेपालको साँचो दिएका थिए
त्यो साँचोको तिमीले दुरुपयोग गर्यौ बाबुराम
यसपालीको तिहारदेखि जुवा खेल्यौ तिमीले जुवा
तिमीलाई नराम्रो लत परिसक्यो
नराम्रो लत परेपछि छुटाउन गाह्रो हुन्छ , थाहा छ कि छैन तिमीलाई
एकचोटी गुमेको इज्जत कहिल्यै प्राप्त गर्न सकिँदैन
तिम्रो नाम पनि जुवाडेको लिष्टमा आइसक्यो
यो थाहा छ कि छैन तिमीलाई
चेत बाबुराम चेत
जुवाडेमा पनि टप जुवाडे बन्यौ तिमी
पहिले तिमी प्रधानमन्त्री हुँदा ९०% जनताको र्समर्थन थियो
अब १ % पनि छैन
तिमीले टेकेको भूमिमा भूइँ छैन हेर त बाबुराम
पहिलेजस्तो जनताले तिमीलाई अन्धो र्समर्थन गर्नेवाला छैनन्
तिम्रो पढाइको र्सर्टिफिकेट जनताले खारेज गरिसकेका छन्
जनताले पानीहाँसले जस्तै दूधको दूध पानीको पानी छुट्याइसकेका छन्
जनताले पानीहाँसले जस्तै दूधको दूध पानीको पानी छुट्याइसकेका छन्
~कुलेश्वर , नयाँवस्ती काठमाण्डौं