नेताहरुको ताल जस्तै तिम्रो माया जाल भयो ।
किनार छुदै सुट्ट भाग्ने त्यही नदिको छाल भयो ।।
दशगजा हराए झै मायालु मन कता लुक्यो ।
टनकपुर दुखे जस्तै तिम्रो चालले मन दुख्यो ।।
बिखण्डीत यो मेरो माया सघिंयतामा टुक्र्याई दियौ ।
महेशपुर ,सुस्ता लुटिए झै आत्मा शरिर छुट्याई दियौ ।।
सगरमाथाको चोखो हिउँ झै माया दिदा शकां गर्छौ ।
बिदेशिले खेलाए झै तिमी दोधारमा किन पर्छौ ।।
लक्ष्मणपुरमा बाध बाधे झै किन तिमीले मन बाध्यौ ।
झुट्टा भाषण छाटे सरि कि त तिमीले गफ छाट्यौ ।।
पराईले देश लुटे झै भन तिमीलाई कस्ले लुटयो?
घुसखोरीको शिर झुके झै किन तिम्रो शिर झुक्यो।।
राष्ट्रियता मर्ने गरी तिमीलाई केही गर भन्दिन म ।।
सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु ।
झुटको जितमा वकिलले झै गिता मलाई नछुवाउनु ।।