उ चड्यो,
अचम्म !
कसरी चड्यो होला ?
महान पुरुष नै रहेछ ।
नत्र त सम्भावना नै कहाँ थियो र
सगरमाथा भन्दा अग्ला
साँच्चै भनौं त सगरमाथा चड्न कति गाह्रो हुन्छ हगी ?
तर उ त सजिलै गरि चड्यो
फटाफट चड्यो
र चड्दै छ अजै पनि
ति अत्याचार,दमन,आतंक र भ्रष्टाचारको शिखर ।
हिज सडक र गल्लि-गल्लीमा
भौतारिएर हिंड्ने,
अनि
गाउँमा एक मुट्ठी मकै
फाटेर टालेको गोजीमा हालेर
नाङ्गो खुट्टा म्याउसे चेहरा पार्दै
घाँस दाउराको लागि जंगल धाउने 'उ'
हेर त आज,
सजिएर बसेको छ ।
हेर त चिल्ला गाडी भित्र फुस्स-फुस्स
गरिबको खाना खाने रकमले
चुरोटको धुवाँ उडाई रहेको छ ।
दिन रात नेपाली जनताको पसिना चुसेर
नशाको ज्वाँकमा नारीको अस्मिता लुट्न सम्म पछी पर्दैन 'उ'
अज नियालेर हेर त,
उ अब बिस्तारै स्वर्गको शिखर पुग्न
चड्दै छ लगातार चड्दै छ
र छिटै पुग्दै छ
स्वर्गीय शिखर माथि उ ।