हो ऊस्लेनि झोला बोकेको थियो,
संगै मईले नि झोला बोकेको थिए......!
ऊस्ले नि झोलाभरि
सपना बोकेको थियो,
मईले नि झोलाभरि
सपना बोकेको थिए.....!
ऊ देश बनाऊछु भनि
जंगल पसेको थियो,
म नि म बने देश बन्छ भन्दै
मुग्लान पसेको थिए....!
थाहा भएन
पछि के के भयो,
को जित्यो
को हरुवा भयो.....!!!
तर अहिले,
ऊ नि मुग्लानमा छ,
म नि मुग्लानी,
ऊ नि हेर्छ नेटमा
खबर देशको
म नि त्यसै गर्छु "बुङ्चे",
समान्ता-
ऊ नि दुई थोपा आँशु
रुने गर्छ,
म नि दुई थोपा आँशु
रुने गर्छु.....!
ऊ नि मेची-कोशी हुने गर्छ,
म नि हिमाल तराई हुने गर्छु,
ऊ नि दुई थोपा
आँशु रुने,
गर्छ म नि दुई थोपा
आँशु रुने गर्छु.....!