तिम्रै अगाडि मुस्कुराइरहेको
फक्रिदो गुलाफ
कस्तो देखियो जवाफ दिन
किन पल्टाउनु परिरहेकोछ
तिम्रा धार्मिक ग्रन्थका पन्नाहरू ?
तिमीले स्वयम चुसीरहेको
पाकेको सुस्वादु सुन्तलाको स्वाद
कस्तो लाग्यो भनेर भन्न
किन सोध्न खोज्दै छौ
तिम्रा पुरोहित सित ?
तिमी स्वयमले भोगेको
पारिलो घामलाइ न्यानो भन्न
किन हिच्किचाहट हुन्छ तिमीलार्इ ?
उज्यालोलार्इ उज्यालो भन्न
किन असहज हुन्छ तिमीलार्इ ?
कालो देखिएको चिजलार्इ
किन डरलाग्छ तिमीलार्इ कालो भन्न ?
किन सिरेटोको चिसोलार्इ
खुलेआम स्याँठ भन्न
रोकेको ठान्छौ तिम्रो समाजले ?
तिमीले छाति खोलेर निर्धक्क प्यून
डरमर्दो कुवाको पानी
मलार्इ प्यून अनुरोध गर्ने
नैतिक धरातल कहाँ छ तिमीसंग ?
स्वयम तिम्रा आँखाले राम्ररी
ठम्याउन नसकेका कुरामा
मसंग के जिद्दी गर्छौ ए मौलवी ?
स्ययम तिम्रो जिव्रोले
निर्क्योल गर्न नसकेको
स्वादको पक्षमा
मसंग के पैरवी गर्ने
शाहस गर्छौ पादरी ?
स्वयम तिम्रो प्यास मेट्न नसक्ने
यो धमिलो पानी प्यून
कसरी अनुरोध गरौला पण्डित ?
तिमी स्वयमको जाडो नढाक्ने
ती शंकास्पद राता कपडाहरू
मलार्इ तिम्रो जडाउरी चाहिदैन
ए स्वधोषित क्रान्ति-नायक ?
किन थोपर्छौ विथ्थामा
अरूका काँधमा
यी घृणित दाशताका बन्दुकहरू
बरू सक्छौ भने
स्वयम तिमी मुक्त होउ
अनि मात्र हामी पत्याउँला
तिमी जस्तै धेरै
अन्तराष्ट्रिय ढाँटका निम्ताहरू ।