जीवनमा अँध्यारा पक्षहरु हुन्छन्
उज्याला पक्षहरु हुन्छन्
रातमा उज्यालोको आवश्यकता पर्दछ
अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ
साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ
जसले अँध्यारो मेटाउनु पर्दछ
पहिले राजाको शासनकालमा साहित्य निष्पक्ष भनेर
अँध्यारो उज्यालो कुनैको पनि र्समर्थन गर्दैनथे
उज्यालो र्छर्नेहरुलाई साहित्यमा आउनु दिइनु हुन्न भन्ने मान्यता थियो
उज्यालोको र्समर्थन नगर्ने
अँध्यारोको वेदना बोल्न नदिने
अन्ततः अँध्यारोका पक्षपोषकनै हुन्
उज्यालोको र्समर्थनलाई उनीहरुले राजनीति भने
वास्तबमा उनीहरुले निकृष्ट राजनीति गर्दै आएका थिए
अहिले पनि हाम्रो समाजमा यस्ताकै बोलवाला छन्
उनीहरुसँग अहिले पनि तक्मा र पुरस्कार प्रसस्तै छन्
अहिले पनि हाम्रो समाजमा यस्ताका बोलवाला छन्
उनीहरु अझै नामूद साहित्यकार भइरहेका छन्
हामीले बेलैमा चिन्नु आवश्यक छ
उज्यालो र्छर्दै जानुछ
अङ्गुलिमाल बुद्ध बनेको जस्तै
उनीहरुलाई पनि बुद्ध बन्ने मौका दिइनु पर्छ
अहिले सामाजिक रुपान्तरणको युग हो
अब साहित्यले उज्यालो दिँदा राजनीति हुँदैन
साहित्यले कला मात्र दिने होइन
बिचार पनि दिनु पर्छ
अहिले सामाजिक रुपान्तरणको युग हो
भलै पुरस्कार नपाउन्
भलै सम्मान नपाउन्
एकदिन अवश्य उज्यालोको र्समर्थन गर्नेको
युग आउनेछ
सबैतिर उज्यालो बनाऔं