यता नक्कली उता सक्कली भई,
ऐँया मारे'बा !
धरापमा पारि,
ऐँया मारे'बा !
लोला भन्दै गोला हानि,
ऐँया मारे'बा !
हर प्वालमा पिकच्कारि छाडि,
ऐँया मारे'बा !
होली भन्दै ढोका फोरी,
ऐँया मारे'बा !
मित्र भनि हात जोडि,
ऐँया मारे'बा !
बलिष्ठ भीम र कोमल द्रोपती मिली,
ऐँया मारे'बा !
रंगरोगी बनाई मैरीमा पुर्याई,
घसिट्दै र पछार्दै मूलबाटोमा लगी,
ऐँया मारे'बा !
जीउदै जलाई "होलिका" बनाई,
ऐँया मारे'बा !