गाडीका लश्करले
ठेल्दै ल्याईरहेको छ
सहरका पर्खाल र घरका भित्ताहरु
बुलडोज़र बनेर !
धुवाँको मुस्लोले
चाप्दै ल्याईरहेको छ
फोक्सो र स्वास प्रस्वासहरु !
सहरका बाटाहरु
यम पथ बन्न थालेका छन्
हिडाई साबिती अपराध
अनि सजाएँ ,
अंग भंगता वा सिधा चिर निन्द्रा
निस्कने यमदूतका लश्कर
बेलगाम जस्तै लाग्दछ आफुलाई
र हिड्छुं म त्रसित बनि
ज्यान हत्केलामा मुट्ठी पारी ।