यी बाँसहरु
अचानक उम्रिएका
ख्याल ख्यालैमा
अचानक भेलले ल्याएको
मलिलो माटोमा मलमलाउदै
उम्रेका टुसाहरु खान पनि नालाएक भएका
न घाँस दिने न फल दिने
हल हल बढेर कुप्री सकेका ,
फुलीसकेका चुस्नु सम्म चुसी सकेर
पोस्नु सम्म पोषी सकेका
काम नलाग्ने यी बाँसहरु
न बज्यो बाँसुरी न रह्यो बाँस
ती बाँसहरु लाईदेशका सिमारेखाको
किल्ला ,खम्बा बनाउन सकिन्छ की ?
अब ति बासहरुलाई हाम्रा ति सिमाहरुमा गाड्नु सकिन्छ की ?
सिमा रेखा छुट्टयाउनु पर्छ की ?
पुर्व मेची देखी पश्चिम महाकाली सम्म
उत्तर देखी दक्षिण सम्म हाम्रा
ति मिचिएका लुटिएका ,कालापानी
सुस्ता, दशगजा मा भत्कीएका ,
उखेलीएका ति स्तम्भहरुमा
कामनलाग्ने हो भने सडीसकेका हो भने
ति सास नभएका बाँसहरुलाई
जलाएर खरानी बनाउदा
अनि बल्ल् सबैको होस खुल्ने छ
मात्र
हाम्रो देश बच्नेछ
हाम्रो पौरख बच्ने
छ हाम्रो इतिहास बच्नेछ