यी तन्नेरी सिर उचाली विदेश तिर लम्किन्छन्
कुप मण्डुक बुढा- खाडा यता त्यसै चम्किन्छन्॥
ज्ञान जोस सीप बुद्धि... विदेश तिर भागे पछि
लुता लाङ्गडा बुढा खाडा यता तिर जागे पछि
के होला खै देशको हालत बुझ्नै अव गाह्रो भो
मनको बह कस्लाई पोख्ने सोच्नै अव साह्रो भो॥
यी तन्नेरी....
कुप मण्डुक...
हिमाल पाहाड बन जंगल र नदी खोला पानि
तराइको उर्वर भूमि र फलाम तामा खानि
सवै-सवै पुकार्दै छन्.... फर्क युवा स्वदेशमा
पोख याहाँ ज्ञान सीप जो कमायौ विदेशमा॥
यी तन्नेरी...
कुप मण्डुक...
यी तन्नेरी सिर उचाली स्वदेश तिर लम्किन्छन्
कुप मण्डुक बुढा-खाडा... यता त्यसै तर्सिन्छन् ॥