ताजा खबर आउने क्रम जारि छ,
शुभ नहुदा मन भारि छ
स्थाई सरकारका नायकहरुले,
सामुहिक पदत्याग गर्न लागेका छन् रे !
अस्थाई सरकारका नालायक विरुद्ध,
यीनिहरु अहिले जागेका छन् रे !
यो जगाईले अर्थ राखोस्,
कुपमण्डुक नालायकहरुले मजा चाखोस्
आफु चोखो र ईमान्दार बन्न सके,
सहिलाई सहि र गलतलाई गलत भन्न सके
यो मुलुक र जनताको भलो हुन्थ्यो,
अयोग्यहरुले योग्यलाई किन छुन्थ्यो !
त्यसैले,
हे स्थाई सरकारका नायकहरु हो,
आफु र आफ्नो मातहतलाई दुरुस्त पार
तिमिलाई छुने ठूलै हिम्मत चाहिएला,
अनि मात्र अरुलाई औँला ठड्याउन पाईएला !
अनिमात्र जगतको स्याबासि पाईएला !!!!!!!!!