यो कविता होईन, क्रन्दन हो
चित्कार हो, रोदन हो, र हो
आत्मा भित्रको स्पन्दन!!
कहिले पश्चिम बलेको छ,
कहिले पूर्व जलेको छ,
कहिले दक्षिण भौँतारिएको छ,
कहिले उत्तर बाउँठिएको छ!!
पश्चिम बलोस वा पूर्व जलोस,
दक्षिण भौँयारियोस वा उत्तर बाउँठियोस,
क्रुर पदचापहरुको पिडा खप्ने यहि धर्तिले हो
क्रुरताको सिकार बन्ने यहिँका बासिले हो!!
ईतिहास साक्षि छ,
द्रौपदि चिर-हरणले माहाभारत भएको थियो,
धेरै-धेरै आफन्त जनको, ज्यान गएको थियो,
याहाँ त मात्रृभूमिकै चिर-हरण हुदैँ छ,
संवेदनसिलता दुर हुदै छ, मानव मन रुदै छ!!
धैर्यता, समयम्ता, विबेकसिलता, गुमे पछि
मानव मानव रहन्न,
एउटाले जति अशल कुरा गरेपनि अर्काले सहन्न
याहाँ त्यस्तै हुन थालेको छ,
कोपरिदै छ मातृभूमिलाई,
जस्ले आज सम्म पालेको छ!!
छि: , छि: , छि: ,
बुद्ध भूमिमा जन्मिएर,
याहाँ मानव किन यति क्रुर बन्दै छ
उनका दर्शनमा विश्वास उठेछ कि के हो,
म र मेरो मात्र भन्दै छ!!
हे,............
प्राणि मद्येका श्रेष्ठ प्राणि मानवहरु हो,
धैर्यता र विबेकशिलता नगुमाओ,
मानवताको बाटो छाडेर,
तिमिहरुका पाईला अनेत्र नघुमाओ,
नत्र केहि बाँकि रहने छैन,
भावि पुस्ताले तिम्रो कर्मलाई सहने छैन!!
हिजो तिम्रो थिएन, भोलि पनि हुने छैन,
केवल वर्तमान तिम्रो हो,
जति सक्छौ राम्रो गर,
सक्दैनौ भनेपनि नबिगार,
बिगार्न चाँहि नबिगार
बिगार्न चाँहि नबिगार!!!!