यो नया बर्ष
थापादाईको
झुम्के भैसीभई ब्याओस् र
ति आमाबिहिन नानिहरुको
सुकेको दुधे आन्द्रो
त्रृप्तभई ढाडियोस् ।
यो नया बर्ष
जोतेदाईको मीतभै
आओस् र
खाली भण्डार र डाला भरियोस् ।
यो नया बर्ष
भुण्टीको काँपी र कलम भै
आओस् र
अशिक्षाको अध्यारो हराओस् ।
यो नया बर्ष
फिस्टेको साबुन र सफा पानी भै
आओस् र
रोगको महामारी हराओस् ।
यो नया बर्ष
प्रदेशी काईलाको
आफ्नै पाखा-पखेरामा
पसिना बगाउने सोच र अठोट भै आओस् र
परिवारले
छोरो,पिता र पतिको
साथ पाओस् ।
टूडिखेलमा भाषण होईन
कसम भै आओस् र
देशले सुशासन पाओस् ।
यो नया बर्ष
सिम्रिके आकाशमा
चन्द्र -सूर्यभै झुल्कियोस् र
चारै तिर हाम्रो
झण्डा मस्त भै फर्फराओस् ।
यो नया बर्ष
बुद्धको ज्ञान भै आओस् र
शान्ति,शहिष्णुता र
सहनशिलता फैलिओस् ।