हे युवाहरु हो,
तिम्रो-हाम्रो गाउँ-वेसि कुण्ठा झेल्दैछ
सहरियाहरुको सहर पापड बेल्दैछ
हिमाल पहाड र तराई कतै छैन शान्ति
जन-जनको मुहारबाट मेटिदैछ कान्ति
घात अन्तरघात र प्रतिघातको खेल मैदान भएकाछन्
वालुवाटार र सिंहदरवार
राष्ट्र र राष्ट्रवासिका गर्धनमा झुण्ड्याईदैछ तरवार
यसबाट जो थिति-रिति बिग्रदै गएको छ
यसलाई रोक्न तिमिले तात्नै पर्ने भएको छ ।।
हामिले कामको जिम्मा दिएर पठाएका अभियन्ता
जो बाटो बिराउदै छन्
मुलुक र मुलुकबासिहरुको साख जो गिराउदैछन्
यसबाट निरासा जो बढ्दै गएको छ
यसलाई रोक्न तिमिले तात्नै पर्ने भएको छ
सामाजिक विकृति हटाउन तिमिले लाग्नै पर्ने भएको छ
मुलुकलाई निरोगि बनाउन तिमिले तात्नै पर्ने भएको छ ।।